देश/प्रदेश
प्रधानमन्त्रीको स्वाब संकलन
०

काठमाडौँ, वैशाख २४–
प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । पिसिआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा स्वाब सङ्कलन गरिएको हो ।
उहाँसँगै उहाँका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिएका सिलसिलामा सांसदको पिसिआर टेष्ट गरिँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























