Breaking News

माधव नेपाल भन्छन्ः ‘अहिलेसम्म कुनै सहमति भएको छैन, भ्रममा नपरौं’

०
Banner

काठमाडौँ, वैशाख २४–

नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अहिलेसम्म पनि प्रधानमन्त्री केपी ओलीसम्म कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले वार्ता र लचकता दुवै अपनाउने तर अहिलेसम्म कुनै प्रकारको सहमति नभएको स्पष्ट पारेका हुन् । उनले लेखेका छन्–‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

यसअघि नेता नेपाल विहीबार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गरेपछि लगत्तै राष्ट्रपतिलाई भेट्नलाई शितलनिवास पुगेका थिए । सोही बेला प्रधानमन्त्री एवंम एमाले अध्यक्ष ओली पनि शितलनिवास पुगेका थिए । रातिसम्म भएको छलफलमा कुनै सहमति नभएपनि बाहिर वार्ता सकरात्मक र भद्र सहमति भएको खबर बाहिरिएको थियो । त्यसमा कुनै सत्यता नभएको नेता नेपालले स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>