देश/प्रदेश

राष्ट्रिय सभा उपनिर्वाचनः आज मनोनयन दर्ता

Banner

काठमाडौँ, वैशाख २४–

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज (शुक्रबार) उम्मेद्वारी दर्ता हुँदैछ ।

जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज दलहरुले उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ । आज उम्मेद्वारी दर्ता गर्ने दिन भएपनि विहानसम्म सत्तारुढ नेकपा (एमाले)ले उम्मेद्वार चयन गर्न सकेका छैन ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले भने संघीयताविज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्। देवकोटा उम्मेदवारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ। उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ।

नेकपा मा‌ओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा बादल यहाँबाट निर्वाचित भएका थिए। उनी नेकपा एमालेको केन्द्रीय सदस्य भएपछि माओवादीले कारवाही गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>