Breaking News
देउवालाई भेटेका माधव नेपाल राष्ट्रपतिलाई भेट्न शितल निवासमा
०

काठमाडौँ, वैशाख २३–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।
देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपश्चात् नेता नेपाल तुरुन्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। यस प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाएका कारण यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























