समाचार
पछिल्लो २४ घण्टामा धनगढीमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु
०

धनगढी, वैशाख २३ –
पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जनाको कोरोना सङ्क्रमणबट मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, उपमहानगरपालिका–४ की ५८ वर्षीया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष तथा बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया महिला रहेका छन्् ।
धनगढीका ८१ र जोशीपुरका ६० वर्षीय पुरुषको बिहीबार तथा धनगढीकै ५८ वर्षीया महिलाको बुधबार र बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया बिहीबार मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























