Breaking News

चितवनको माडीमा कोरोना संक्रमितले गरे आत्महत्या

Banner

चितवन, वैशाख २३–

चितवनमा एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितले आत्महत्या गरेका छन् ।

माडी नगरपालिका–३ बस्ने ३५ वर्षीय गोविन्द साह आज विहान ७ः३० बजेको समयमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । संक्रमित ती व्यक्ति यही वैशाख १५ गते भारतबाट घर फर्किएका थिए ।

मंगलबार बघौडा अस्पतालबाट कोरोना परीक्षणका लागि स्वाब दिएका उनको हिजो (बुधबार) कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनी होम आइसोलेसनमा नै जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>