Breaking News

चितवनका तीन ठूला अस्पतालमा कोरोनाका बिरामीको चाप बढ्यो, २२१ जना बिरामी भर्ना

Banner

चितवन, वैशाख २२-

चितवनका तीन ठूला अस्पतालमा २२१ जना कोरोनाका बिरामी भर्ना भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा १०१ जना कोरोनाका बिरामी रहेका छन् भने चितवन मेडिकल कलेजमा ८१ जना र कलेज अफ मेडिकल साइसेन्स (पुरानो मेडिकल कलेज) मा ३९ जना बिरामी रहेका छन् ।

ती बिरामी मध्ये ४९ जना आईसीयूमा, १२ जना भेन्टिलेटरमा, ४३ जना एचडीयू र ११८ जना जेनरलल बेडमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा आज ९ जनाको कोरोना संक्रमणको कारणले निधन भएको छ । चितवनसहित छिमेकी १२ जिल्लाका बिरामीहरु उपचारको लागि आउने भएकोले पनि भरतपुरका तीन ठूला अस्पतालमा कोरोना संक्रमितहरुको चाप बढेको चिकित्सकहरुले जनाएका छन् । हिजो मंगलबार २१६ जना बिरामी रहेकोमा आज एक्कासी पाँच जना बिरामी थपिएपछि २२१ जना पुगेको हो । हरेक दिन बिरामीहरुको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुरमा अस्पतालको संख्या निकै धेरै भए पनि अहिले ठूला तीन अस्पतालले मात्र बिरामीको उपचार गराइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>