राजनीति

मुख्यमन्त्री पोखरेलले फेरि गरे मन्त्रिपरिषद विस्तार, तीन मन्त्री थपिए

Banner

बुटवल,बैशाख २१-

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेरी मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार मात्र मन्त्रिपरिषदमा तीन जना नियुक्ती गरेको र केही जिम्मेवारी हेरफेर गरेका हुन् ।अब प्रदेश मन्त्रिपरिषद १० सदस्यीय भएको छ। थपिएकाहरुमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानूनमन्त्री, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री, धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकासमन्त्री बनेका छन् ।

यस अघि थपिएका मन्त्री मध्ये हरिप्रसाद रिजाललाई ग्रामिण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>