Breaking News

प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा फेल गराउने काँग्रेसको निर्णय

Banner

काठमाडौँ, वैशाख २१–

यही वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिदै छन् । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा फेल गराउने निचोडमा पुगेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा आज (मंगलबार) बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन्।

यसअघि आजै माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । भोलि माओवादीले समर्थन फिर्ता लिएको पत्र पठाएपछि ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके राजीनामा दिनुपर्ने अवस्था आउछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>