Breaking News

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

Banner

काठमाडौँ, वैशाख २१–

अन्ततः पार्टी विभाजनको लामो समयपछि नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएको पत्र भोलि मात्रै बुझाइने एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>