Breaking News

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

०
Banner

काठमाडौँ, वैशाख २१–

अन्ततः पार्टी विभाजनको लामो समयपछि नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएको पत्र भोलि मात्रै बुझाइने एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>