Breaking News

भरतपुर अस्पतालमा परीक्षण गर्दा चितवनका ८० जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, वैशाख २१–

चितवनमा थप ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ८० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका ६७ जना रहेका छन् । जसमध्ये ३५ जना पुरुष र ३२ जना महिला छन् । संक्रमितहरु २० वर्षदेखि ६९ वर्ष उमेर समूहका छन् ।

यस्तै रत्ननगर नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३० देखि ६३ वर्ष उमेर समूहका छन् ।
यसैगरि खैरहनी नगरपालिका–८ का ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै कालिका नगरपालिकामा ४ महिला र १ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १४ वर्षीया बालिकादेखि ६० वर्षसम्मका छन् ।

त्यसैगरि राप्ती नगरपालिकाका ४२ र ४८ वर्षीया दुई महिलामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा सोमबार कुल १७९ नमुना परीक्षण गर्दा ९२ नमुनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । अन्य संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्व गैंडाकोटका ४ जना, बाराकाको कलैया र सिम्रनगढका २ जना, गोरखा, तनहुँ, पर्वत, काठमाडौं, धादिङ र कालिकोटका एक/एक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>