Breaking News

मध्यरातदेखि आन्तरिक उडान सबै ठप्प,आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टर पाइने

Banner

चितवन,बैशाख २१-

सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो भने भारतका सीमित उडानबाहेक अरु अन्तराष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो ।

तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारको भनाइ छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले कोरोनाका कारण हवाई उडान स्थगित गर्नुपरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>