खैरहनी

चितवनमा लागूऔषधसहित एक युवक पक्राउ

Banner

चितवन, वैशाख २०–

चितवनमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१०, शान्ति बजारस्थित लागू औषध खैरो हिरोइनको कारोबार भइरहेको सूचना पाएलगत्तै पुगेको प्रहरीले एक युवकलाई लागूऔषधसहित पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा पूर्वी चितवनकै राप्ती नगरपालिका–८, वीरेन्द्रनगर बस्ने वर्ष ३२ का सुजन तामाङ रहेका छन् । प्रहरीलाई देखेपछि भाग्दै गरेको अवस्थामा साँझ ६ः३० बजेको समयमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागूऔषध (खैरो हेरोईन) ६ ग्राम २४० मिलिग्राम बरामद गरेको छ । साथै उनको साथबाट प्रहरीले नगद ३२ हजार रुपैयाँ समेत बरामद गर्न सफल भएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय खैरहनीमा राखी थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>