राजनीति
एमाले छाडेका सांसद कांग्रेसमा प्रवेश
०

रुपन्देही,बैशाख २०-
बिहान नेकपा (एमाले)को लुम्बिनी संसदीय दलको बैठकमा सहभागी भएका कपिलवस्तुका सांसद दीर्घनारायण पाण्डेले दिउँसो एमालेमात्रै छाडेनन् सांसद पदबाट पनि राजीनामा दिए । सोमबार राजीनामा स्वीकृत भएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसबाट नै राजनीति शुरु गरेका उनी २०७४ सालको निर्वाचनमा टिकट नपाएपछि एमाले प्रवेश गरेर सूर्य चिन्ह लिएर चुनाव जितेका थिए । कपिलवस्तु क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा उनी निर्वाचित भएका हुन् ।
आइतबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल दोहोरिएपछि असन्तुष्टि जनाउँदै पाण्डेयले राजीनामा दिएका थिए । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेरै उनी कांग्रेस प्रवेश गरेको जनाए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























