Breaking News

चितवनमा कोरोनाका गम्भीर बिरामी हरेक दिन बढ्दै, आईसीयू र भेन्टिलेटरमा ७७ जनाको उपचार हुँदै

Banner

चितवन, वैशाख २०-

चितवनमा हरेक दिन कोरोनाका गम्भीर लक्षण भएका बिरामीहरु बढ्दै गएका छन् ।

कोरोनाको दोस्रो लहरमा बिरामीहरुमा श्वासप्रश्वासमा समस्या भएर तत्काल अक्सिजन चाहिने अवस्था सिर्जना भएको चिकित्सकहरुले बताएका छन् । हिजो आइतबारसम्म आईसीयू र भेन्टिलेटरमा ७२ जना बिरामी रहेकोमा आज थप पाँच जना बढेर बिरामीको संख्या ७७ जना पुगेको छ ।

जनस्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालको आईसीयूमा १० जना, चितवन मेडिकल कलेजमा ३७ जना र पुरानो मेडिकल कलेजमा १५ जनाको उपचार भइरहेको छ । त्यसैगरी चितवन मेडिकल कलेजमा ८ जना र पुरानो मेडिकल कलेजमा २ जना भेन्टिलेटरमा छन् । भरतपुर अस्पतालमा १३ जना, चितवन मेडिकल कलेजमा ३ जना र पुरानो मेडिकल कलेजमा २० जना बिरामी एचडीयूमा उपचार गराइरहेका छन् । यो सँगै चितवनका तीन ठूला अस्पतालमा १९३ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले आज जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>