Breaking News

भरतपुर महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

Banner

चितवन, वैशाख २०–

चितवनको भरतपुर महानगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर ह्वात्तै बढेको छ ।

सोमबार दिउँसोसम्ममा भरतपुरमा मात्रै संक्रमितको संख्या एक हजार १३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४२ जना संक्रमित थपिएसंगै भरतपुरमा संक्रमितको संख्या हजार नाघेको हो ।

संक्रमित मध्ये ९३८ जना होम आइसोलेसनमा छन् भने ७५ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । महानगरमा हालसम्म संक्रमितको संख्या ६ हजार ८७ पुगेको छ भने ५ हजार संक्रमित निको भइसकेका छन् । ७४ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>