राजनीति

ओलीले विश्वासको मत लिनु लोकतन्त्रमाथिको निर्मम प्रहारः भीम रावल

Banner

काठमाडौं,बैशाख २०-

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नु राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार भएको बताउनुभएको छ । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीलेआइतबार वैशाख २७ गते सोमबारका दिन अपराह्न १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी बोलाउनुभएको थियो । उक्त सूचना जारी भएलगत्तै रावलले सामाजिक सञ्जालमार्फत् नेता रावलले उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘प्रमं केपीले संविधानको धारा ९३ (१) र १००(१) को अपव्याख्या गरी विश्वासको मत लिने प्रयोजनका लागि भनेर प्रतिनिधि सभाको बैठक बोलाउनु भएकोछ । यो प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो। सबैमा चेतना भया !’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>