प्रवास

चितवनका निश्चल एनआरएनए अमेरिकाको सदस्यको उम्मेद्वार

Banner

अमेरिका, वैशाख १९–

चितवनको भरतपुर घर भएका निश्चल चापागाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरीकाको राज्यस्तर सदस्य पदमा चुनाव लड्दै छन् ।

चार वर्ष यता संयुक्त राज्य अमेरिकास्थित टेक्सास राज्यमा परिवारसहित बस्दै आएका निश्चल एनआरएनए अमेरिका राज्य कार्यसमितीमा वर्ष २०२१/२३ का लागी आफ्नो उमेद्वारी दर्ता गराएका छन् ।

२०६६ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका निश्चल चितवनको विद्यार्थी राजनीतिमा उदयमान युवा मध्यका एक थिए । सधै अरुको भलाई चाहने विद्यार्थी हकहितका लागि उनको भुमिका अतुलनिय छ। उनी पहिले देखिनै सामाजिक कार्यमा समेत सक्रिय थिए । सानैदेखी विभिन्न सामाजिक संस्थामा आबद्ध उनी नेपाल स्काउटको सदस्य भई तीन वर्ष विपत्को घडिमा समेत सहयोग पु¥याएका थिए। २०६७ सालमा नेपाल पोलिटेक्निक कलेजको नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष भई जिल्ला कार्यसमितीको सदस्य समेत भएका थिए ।

यस्तै अन्तर्राष्ट्रिय यूवा भोलेन्टरी संस्था चितवन ग्रीन लियो क्लवको हाल डिरेक्टर रहेका निश्चल विदेशमा बसेर पनि स्वदेशको सेवा गर्न सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् । ‘हामी जहॅा गएपनि आफ्नो जन्मभुमी बिर्सनु हुँदैन, हरेक तवरले सहयोग गर्न म पछि हट्दिन, म जिते पनि हारे पनि नेपाली समुदायको पक्षमा सदैव लड्ने छु’ निश्चलले भने ‘ एनआरएनए भित्रको विवाद तल्लो तहदेखी मिलाउदै माथिल्लो तहसम्म स्वच्छ, समृद्ध एनआरएनए बनाउन म लागि पर्नेछु’–निश्चलले भने ।

करिब तीन लाख बढी नेपाली रहेको अमेरिकामा करिब २० हजार नेपाली संस्थामा आवद्ध छन्। आउँदो मे महिनाको २९ र ३० मा अनलाईन प्रकियाबाट चुनाव हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>