Breaking News

चितवनमा ६२ जना कोरोना संक्रमित आइसीयूमा, गम्भिर प्रकृतिका संक्रमित बढ्दो

Banner

चितवन, वैशाख १९–

चितवनमा पछिल्ला दिन गम्भिर प्रकृतिका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ ।

जिल्ला स्वास्थ्य कार्यालय भरतपुरले आइतबार दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा हाल ६२ जना कोरोना संक्रमितको आइसीयू कक्षमा उपचार भइरहेको छ । सबैभन्दा धेरै चितवन मेडिकल कलेजमा ३७ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ । जसमध्ये ८ जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ ।

यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा १५ जना कोरोना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ । जसमध्ये २ जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ ।

यसैगरि भरतपुर अस्पतालमा १० जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ । ती सबै संक्रमितलाई भेन्टिलेटर बिना उपचार भइरहेको छ । आइतबारसम्ममा जिल्लामा कुल १९३ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

सबैभन्दा धेरै भरतपुर अस्पतालमा १०० जना, चितवन मेडिकल कलेजमा ५६ र पुरानो मेडिकल कलेजमा ३७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । आइतबारसम्ममा चितवनमा कुल सक्रिय संक्रमितको संख्या एक हजार ७० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>