Breaking News

४२ सांसदको हस्ताक्षर बुझाउँदै लुम्बिनीमा विपक्षीले माग्यो केसीको नेतृत्वमा सरकार

Banner

बुटवल, वैशाख १९–

लुम्बिनीमा प्रदेशमा आज एकाएक राजनीतिक तातेको छ । मुख्यमन्त्री शंकर पोखरेलले आज विहानै एकाएक राजीनामा दिएसंगै तातेको राजनीतिक माहोल अझै गम्भिर मोडमा पुगेको छ ।

प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेपछि विपक्षी गठबन्धनले बहुमतको आधारमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गरेको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका हुन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

हस्ताक्षर गर्नेमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसी पनि छन् ।

हेर्नुहोस् हस्ताक्षरसहितको माग दावी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>