Breaking News
लुम्बिनीमा एमालेका तीन सांसदले दिए राजीनामा
०

बुटवल, वैशाख १९–
लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन सांसदले राजीनामा दिएका छन् । आज अपरान्ह शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै एमालेका तीन जना सांसदले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन् । आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले जानकारी दिए ।
यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए। लगत्तै उनी अपरान्ह पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























