Breaking News
चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो
०

चितवन, वैशाख १९–
चितवनमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ७८ जना संक्रमित थपिएसंगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ७० पुगेको हो । पछिल्लो २४ घण्टामा भरतपुरका ६८, खैरहनी नगरपालिकाका ६, राप्ती नगरपालिकाका २ र माडी नगरपालिकाका २ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित मध्ये ९८२ जना होम आइसोलेसनमा बसेका छन् भने ८८ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचाररत संक्रमित ७० जना भरतपुर महानगरपालिका भित्रकै हुन् ।
यस्तै चितवनमा कोरोना संक्रमणबाट हालसम्म ११७ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























