चितवन विशेष
कोरोनाको उपचारको लागि भरतपुर अस्पतालले माग्यो थप कर्मचारी
०

चितवन, वैशाख १९-
चितवनमा कोरोनाका बिरामी बढेसँगै भरतपुर अस्पतालले कोरोनाको उपचारको लागि थप कर्मचारी माग गरेको छ ।
आज अस्पतालले विज्ञापन प्रकाशित गरेर पाचौं तहदेखि आठौं तहसम्मका कर्मचारी स्टाफ नर्सदेखि मेडिकल अधिकृतसम्म माग गरेको हो ।
अस्पतालले प्रकाशित गरेको विज्ञापनमा बायो मेडिकल इञ्जिनियर एक जना, मेडिकल अधिकृत, स्टाफ नर्स र रेडियोग्राफर केही संख्यामा माग गरेको छ । वैशाख २४ गतेसम्ममा अन्तरर्वार्ताका आधारमा छनोट गर्ने गरी करार सेवामा कर्मचारी माग भएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























