चितवन विशेष

भरतपुरको वागेश्वरी र शारदानगरमा अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाउन स्थलगत अध्ययन

Banner

चितवन, वैशाख १८-

भरतपुरको वागेश्वरी र शारदानगरमा अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाउन सांसद सहितको सरोकारवालाको टोलीले आज स्थलगत अध्ययन तथा छलफल गरेको छ ।

चितवनका प्रदेश सांसद विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहितको टोलीले भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थपोष्टको स्थलगत अध्ययन गरेका हुन् ।

टोलीले सो क्षेत्रमा स्थलगत अध्ययनगरी वागेश्वरीमा १०० बेडको र शारदानगर हेल्थपोष्टमा ३० बेडको आइसोलेसन केन्द्र बनाउने तयारी थालेको हो । सांसद विजय सुवेदीले योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थपोष्ट प्रशासनलाई तत्काल आइसोलेसन केन्द्र बनाउन के कति खर्च लाग्छ योजनासहित पेस गर्न निर्देशन दिएका छन् । उनले भने, ‘आइसोलेसन केन्द्रको लागि भरतपुर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको सहयोग रहनेछ । भरतपुरमा कोरोनाको संक्रमण फैलिएर महामारीको रुपमा फैलिन सक्ने भएकोले पनि आइसोलेसन जरुरी छ ।’ उनले अस्पतालहरु भरिन थालेपछि अक्सिजनसहितको आइसोलेसनको जरुरी परेको नारायणी अनलाइनलाई बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>