Breaking News
चितवनमा भयावह बन्दै कोरोना : सक्रिय संक्रमित हजार नजिक
०

चितवन, वैशाख १८
२४ घण्टामा चितवनमा १६० जना कोरोना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत २४ घण्टामा भरतपुर महानगरपालिकामा १२१ जना, खैरहनी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा १६, माडीमा १ जना, राप्तीमा ४ जना, कालिकामा २ जना र इच्छाकामनामा ८ जना थपिएका छन् ।
यससँगै चितवनमा सक्रीय संक्रमितको संख्या ९८८ पुगेको छ । यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या कुल सात हजार ९६४ पुगेको छ । जसमध्ये ११७ जनाको मृत्यु भइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ७५ जना र घरमा आइसोलेसनमा ९१३ जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























