देश/प्रदेश

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र

Banner

काठमाडौँ, १७ वैशाख-

वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम ९३० बमोजिम मतदानकेन्द्र तोकेको हो ।
मकवानपुर, हेटौंँडा उपमहानगरपालिका –४ स्थित भुटनदेवी माविलाई मतदानस्थल तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र ९क० र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र ९ख० गरी छुट्टाछुट्टै मतदानकेन्द्र तोकिएको उहाँले जानकारी दिनुभयो ।
आयोगले निर्र्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आजै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>