Breaking News

निषेधाज्ञाले भरतपुरमा हवाइ यात्रु घटे, एयरलाइन्सले उडान संख्या घटाउँदै

Banner

चितवन, वैशाख १६-

आज राति १२ बजेबाट चितवनमा निषेधाज्ञा लगाउने भएपछि भरतपुरमा हवाइ यात्रु घटेका छन् ।

सबैतिर कोरोना संक्रमण दर बढ्दै गएर ठाउँठाउँमा निषेधाज्ञा सुरु भएकोले यात्रुहरु घटेको विमानस्थलस्रोतले जनाएको छ । भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज विमानस्थलबाट उडान अघिल्लो दिन जस्तै नियमित भए पनि यात्रुको चाप भने घटेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘धेरै मानिस निजी सवारी र सार्वजनिक सवारी मार्फत् पनि गाउँघरमा पुगिसकेका छन् । भरतपुरबाट हुने उडान क्यान्सिल नै नभए पनि यात्रुहरुको संख्या घटेको छ ।’

त्यसैगरी बुद्ध एयर भरतपुरका प्रवन्धक भक्तबहादुर बस्नेतले भोलिबाट अवस्था के हुन्छ भन्न सक्ने अवस्था नरहे पनि आजबाट यात्रुको चाप घटेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ भोलिबाट उडान संख्या घट्न सक्ने सम्भावना छ । सबैतिर बढ्दो कोरोना संक्रमण र निषेधाज्ञा भएकोले खासै कुनै काम नहुने भएकोले पनि भरतपुरबाट काठमाडौँतिर जाने यात्रुहरुको संख्या घटेको छ ।’ उनले काठमाडौँमा टिकट र परिचयपत्र देखाएर हवाइ यात्रुहरुलाई नागरिक उड्डयन कार्यालयले सहयोग गर्ने भनिए पनि कार्यालयहरुमा काम नहुने भएकोले मानिस यात्रा गर्न नै नखोज्ने भएकोले हवाइ यात्रुको संख्या भोलिबाट घट्ने सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>