Breaking News

चितवनमा फेरि थपिए ४७ जना कोरोना संक्रमित

Banner

चितवन, वैशाख १५–

चितवनमा बुधबार राति थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा बुधबार गरिएको परीक्षणमा चितवनका ४७ जनासहित कुल ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ४० जना रहेका छन् । जसमध्ये २३ जना पुरुष र १७ जना महिला रहेका छन् । यस्तै रत्ननगरमा २, खैरहनी नगरपालिकामा ३ र राप्ती नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै अन्य संक्रमण पुष्टि हुनेमा नवलपरासी सुस्ता पूर्व गैंडाकोटका ४ र कावासोतीका २ जनामा संक्रमण पुष्ट भएको छ । त्यस्तै तनहुँ, स्याङजा र रौतहटका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । बुधबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कुल १४० नमुनाको परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>