खैरहनी

खैरहनीमा बाल विवाहविरुद्ध सचेतनामुलक कार्यक्रम

Banner

चितवन, वैशाख १५–

खैरहनी नगरपालिकाले बाल विवाहविरुद्ध सचेतना कार्यक्रम गर्नुका साथै प्रतिवद्धता जनाउने काम गरेको छ । नगरका सबै वडालाई लक्षित गर्दै चार स्थानमा सचेतनामुलक कार्यक्रम गरिएको छ भने सम्बन्धित वडाका जनप्रतिनिधीहरु, टोल विकास संस्थाका प्रतिनिधीहरुले बाल विवाह अन्त्यको लागि प्रतिवद्धता जनाएका छन् ।

खैरहनी–२ को चैनपुर, १२ कुमरोज, ६को पुरानो पर्सा र १० नम्वर वडाको कठारमा सचेतनामुलक कार्यक्रम गरिएको हो । कठारमा बुधबार कार्यक्रम गरिएसंगै बाल विवाहविरुद्धको सचेतनामुलक कार्यक्रम समापन गरिएको खैरहनी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिईन् । कार्यक्रममा अधिवक्ता एवं मानव अधिकारकर्मी मुकुन्द दाहालले बालविवाह सम्बन्धमा कानुनी व्यवस्थाका बारे सहजीकरण गरेका थिए । बालविवाह गरेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । सो विवाह स्वतः बदर हुन्छ तर जन्मिएका बच्चाको हक कायम हुन्छ । नयाँ कानुनले २० वर्ष मुनिको विवाहलाई बाल विवाह भनेको छ ।

खैरहनी–१० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षता तथा नगरपालिकाको सामाजिक विकास समिति संयोजक समेत रहेका खैरहनी–७ का वडाध्यक्ष मनेजर महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको कार्यक्रम अन्र्तगत सचेतनामुलक कार्यक्रमसंगै संचारमाध्यम तथा पर्चा पम्प्लेटको माध्यमबाट प्रचार–प्रसार समेत गरिएको महिला तथा बालबालिका शाखा उपप्रमुख विमला रानाभाटले बताईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>