Breaking News

सम्पर्कविहीन भएका गण्डकीका सांसद शाही चरक अस्पतालको आइसीयूमा भेटिए

०
Banner

पोखरा, वैशाख १५–

बुधबार विहानैदेखि हराई रहेका भनिएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा उपचाररत भेटिएका छन् ।

चरक अस्पतालको कोभिड–१९ उपचार गर्ने आईसीयूमा रहेको उनको स्वकिय सचिवले जनाएका छन् ।

शाही सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ ।

उनको दल राष्ट्रिय जनमोर्चाले सम्पर्कविहीन सांसद शाहीको जीवनरक्षाको माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएपछि अनिश्चितकालिन संसद बैठक स्थगित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>