चितवन विशेष

राप्ती नगरपालिकाको एक घरमा आगलागी

Banner

चितवन, वैशाख १५

राप्ती नगरपालिकाको एक घरमा मंगलबार आगलागी हुँदा एक लाख बढीको क्षति भएको छ ।

राप्ती नगरपालिका–६ फुरवारी बस्ने बच्चुप्रसाद यादवको एक तले खरको छानो भएको कच्ची घरमा ग्यास बाल्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । आगलागीको सूचना पाउने बित्तिकै तत्काल इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी नायव निरीक्षकसहितको प्रहरी टोली, खैरहनी नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा १५ः१५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति हुन पाएको छैन । उक्त आगलागीबाट अन्दाजी एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>