Breaking News

सदस्य र कर्मचारीलाई कोरोना भएपछि कांग्रेसले गर्‍यो केन्द्रीय समिति बैठक स्थगित

Banner

काठमाडौं, वैशाख १५ –

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक रोकेको छ । पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना संक्रमण भएपछि बैठक स्थगित गरिएको हो।

कांग्रेसले मंगलबार केन्द्रीय सदस्यहरू र कर्मचारीहरूको पिसिआर परीक्षण गरेको थियो। संक्रमण भएपछि एकै हलमा भेला भएर बैठक गर्नु उपयुक्त नभएकोले केन्द्रीय समिति बैठक स्थगित गरिएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

कांग्रेसले एक सय जनाभन्दा बढी केन्द्रीय सदस्यको पिसिआर गरेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>