Breaking News

भरतपुर मात्रै कोरोना संक्रमितको संख्या ४९४ पुग्यो

Banner

चितवन, वैशाख १५–

चितवनमा पछिल्ला दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबार विहानसम्म चितवनमा कुल संक्रमितको संख्या ५८५ रहेको छ ।

जसमध्ये सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । बुधबार विहानसम्म भरतपुरमा मात्रै संक्रमितको संख्या ४९४ जना रहेका छन् । जसमध्ये ४५८ जना होम आइसोलेसनमा छन् भने ३६ जना अस्पतालमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा मात्र पछिल्लो एक वर्षमा संक्रमितको संख्या ५ हजार ५४२ पुगेको छ ।

भरतपुरमा भिडभाड र मानिसको चाप बढी भएकाले पनि कोरोना संक्रमण दर ह्वात्तै बढि रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोरोना संक्रमणबाट भरतपुरमा मात्रै ७३ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>