चितवन विशेष

आगलागी पीडितलाई लायन्स क्लव अफ नारायणगढ संगमचोकको सहयोग

Banner

चितवन, वैशाख १४–

लायन्स क्लव अफ नारायणगढ संगमचोकले तनहुँको देवघाटका आगलागी पीडित तीन परिवारलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच ३५ हजार रुपैयाँ बराबरको सहयोग सामग्री तीन परिवारलाई हस्तान्तरण गरिएको छ ।

उनीहरुलाई १० बोरा चामल, १५ लिटर तेल, ९ वटा तन्ना, ९ वटा ब्लान्केट, १५ केजी दाल, १८ मिटर म्याट, ६ पोका नुन, ६० केजी आलु र केही उपयोगी लत्ताकपडा सहयोग गरिएको हो । आगलागी पीडितलाई सहयोग गर्न हाल फिनल्यान्ड बसोबास गर्ने कोपिला सापकोटा भन्डारीले १० हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाको प्रमुख आतिथ्यता एवंम लायन्स क्लब अफ नारायणगढ सङमचोकका अध्यक्ष घनश्याम सुवेदी तथा लायन्स क्लव अफ नारायणगढ संगमचोक, सन्जिबिनीकी अध्यक्ष रचना चुकेको अध्यक्षतामा भएको कार्यक्रममा देवघाट–५ का वडाध्यक्ष एल बहादुर गुरुङ, वडा नंं. ४ का अध्यक्ष पदम बहादुर गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सपकोटा, कार्यक्रम संयोजक घनश्याम न्यौपाने, जीवन कुमारी न्यौपाने, विशालबाबु तिमिल्सिना, घनश्याम सुवेदीलगायतले बोल्दै आगलागी पीडितलाई सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रमको संचालन कमला भट्टराईले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>