Breaking News

चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ४५८ पुग्यो, २४ घण्टामा थपिए ६६ संक्रमित

Banner

चितवन, वैशाख १४–

चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४५८ पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार मंगलबार दिउँसो सम्ममा ६६ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै कुल सक्रिय संक्रमितको संख्या ४५८ पुगेको हो ।

मंगलबार थपिएका नयाँ संक्रमितमा भरतपुर महानगरपालिकाका ५२, रत्ननगर नगरपालिकाका ७, माडीका ३, खैरहनी र राप्तीका दुई/दुई जना रहेका छन् ।

चितवनका संक्रमित मध्ये ४२१ जना होम आइसोलेसनमा छन् भने ३७ जना संक्रमित अस्पताल भर्ना भएका छन् । चितवनमा कुल संक्रमितको संख्या ४२१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>