खैरहनी

पर्सा बजारमा उवासंघ खैरहनीको सरसफाई

Banner

चितवन, वैशाख १४–

उद्योग वाणिज्य संघ, खैरहनी, चितवनले सोमबार पर्सा बजार क्षेत्रमा सरसफाई गरेको छ । ‘हाम्रो नगर, सुन्दर नगरी’ भन्ने नाराका साथ सरसफाई कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी प्रमुख अतिथिको रुपमा सहभागि भएका थिए ।

पर्सा बजारका उद्योगी, व्यवसायी, स्थानीय जनप्रतिनिधी, विभिन्न राजनीतिक दल, स्थानीय संघ–संस्था तथा सामाजिक अभियन्ताहरुको प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा अव्यवस्थित रुपमा लत्रिएका तारहरुको उचित व्यवस्थापन समेत गरिएको संघका सूचना, सञ्चार तथा प्रकाशन संयोजक विक्रम चौधरीले जानकारी दिए । यस्तै दुर्घटना न्यूनीकरण गर्नका विभिन्न ठाउँका सडकमा परेको खाल्टाहरु ग्रेबलले पुर्ने काम समेत गरिएको चौधरीले जानकारी दिए ।

त्यस्तै कोरोना भाइरस (कोभिड–१९) को माहामारीले विकराल रुप लिइरहेको अवस्थामा पर्सा बजारमा किनमेल गर्न आएका उपभोक्ताहरुलाई, बटुवा तथा गाडी चालक, प्यासेन्जर, मोटरसाइकल सवार सबैलाई पर्सा बजारको चौबिसकोठी र मगनी चोकमा निःशुल्क मास्क समेत वितरण गरिरएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका कार्यसमितिलगायत खैरहनी नगरपालिका तथा इलाका प्रहरी कार्यालय खैरहनीको विशेष सहयोग रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>