चितवन विशेष
रेडियो देवघाटद्वारा नयाँ वर्षको क्यालेण्डर लोकार्पण

चितवन, वैशाख १३-
सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्जले नयाँ वर्ष २०७८ सालको क्यालेण्डर लोकार्पण गरेको छ ।
रेडियोका कार्यवाहक अध्यक्ष विजयराज शर्मा भुसाल र देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापालगायत कार्यक्रममा उपस्थित जनप्रतिनिधि र सामाजिक व्यक्तित्वहरुले संयुक्तरुपमा सो क्यालेण्डरको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले सञ्चारको माध्यमद्वारा रेडियो देवघाटले समाज रुपान्तरणमा खेलेको भूमिकाको उच्च प्रसंशा गरे । साथै उनले आफ्नो कार्यकालमा रेडियो देवघाटलाई आगामी वर्षको बजेटबाट केही सम्बोधन गरी कार्यक्रम सञ्चालन गर्ने र दीगोरुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५ वडाअध्यक्ष यालबहादुर गुरुङले रेडियोले समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे । रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले सहजीकरण गरेको कार्यक्रममा रेडियो सञ्चालक समिति सदस्य सिर्जना देवकोटाले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा प्याब्सन चितवनका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य एवम् देवघाट रेडियोका कोषाध्यक्ष बेलबहादुर गुरुङ, नेकपा एमाले देवघाट गाउँ कमिटी सदस्य एवम् वडा नम्बर ५ का वडा सदस्य भोजराज नैनाबस्ती, नेपाली कांग्रेस देवघाट गाउँपालिका सचिव कृष्णराज न्यौपाने, नेकपा माओवादी(केन्द्र)का प्रतिनिधि किरण सुवेदी, रेडियो देवघाटका महासचिव निरञ्जन हाडा, सदस्य विशालबाबु तिमिल्सेना, संस्थापक सदस्य जानकी कार्की,नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाट गाउँपालिका सभापति गोविन्द प्रसाद न्यौपानेलगायतले बोलेका थिए ।
























