Breaking News

चितवनमा सबै हाटबजार, सभा, सम्मेलन, गोष्ठी बन्द गर्ने निर्णय

०
Banner

चितवन, वैशाख १३–

चितवनमा लाग्ने सबै प्रकारका हाटबजारहरु बन्द गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) चितवनले निर्णय गरेको छ ।

डीसीसीएमसीको आज (सोमबार) बसेको बैठकले बढी भिडभाड हुने हाटबजारहरु तत्काल बन्द गर्ने निर्णय गरेको हो । डीसीसीएमसीका संयोजक एवंम चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेले कोरोनाको जोखिम क्षेत्रको रुपमा रहेको हाटबजार तत्काल बन्द गर्ने निर्णय गरिएको नारायणी अनलाइनलाई जानकारी दिए ।

जिल्लाको भरतपुर क्षेत्रमा थुप्रै हाटबजारहरु रहेका छन् । जहाँ साँझको समयमा किनमेल गर्नेको भिड लाग्ने गरेको छ । त्यसबाट पनि कोरोना फैलन सक्ने भन्दै सरोकारवालाबाट बन्द गर्न आवाज उठ्दै आइरहेको थियो ।

डीसीसीएमसीले जिल्लामा हुने सभा, सम्मेलन, गोष्ठीहरु पनि तत्काल बन्द गर्ने निर्णय गरेको छ । भौतिक उपस्थिति हुनै पर्ने कार्यक्रमका लागि जिल्ला प्रशासनबाट स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । ‘स्वीकृति दिनै पर्ने कार्यक्रमको हामीले स्वास्थ्य मापदण्ड पुरा भएको या नभएको बारेमा जानकारी लिन्छौ, अनि मात्रै निर्णय लिन्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>