Breaking News

चितवनमा सबै हाटबजार, सभा, सम्मेलन, गोष्ठी बन्द गर्ने निर्णय

Banner

चितवन, वैशाख १३–

चितवनमा लाग्ने सबै प्रकारका हाटबजारहरु बन्द गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) चितवनले निर्णय गरेको छ ।

डीसीसीएमसीको आज (सोमबार) बसेको बैठकले बढी भिडभाड हुने हाटबजारहरु तत्काल बन्द गर्ने निर्णय गरेको हो । डीसीसीएमसीका संयोजक एवंम चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेले कोरोनाको जोखिम क्षेत्रको रुपमा रहेको हाटबजार तत्काल बन्द गर्ने निर्णय गरिएको नारायणी अनलाइनलाई जानकारी दिए ।

जिल्लाको भरतपुर क्षेत्रमा थुप्रै हाटबजारहरु रहेका छन् । जहाँ साँझको समयमा किनमेल गर्नेको भिड लाग्ने गरेको छ । त्यसबाट पनि कोरोना फैलन सक्ने भन्दै सरोकारवालाबाट बन्द गर्न आवाज उठ्दै आइरहेको थियो ।

डीसीसीएमसीले जिल्लामा हुने सभा, सम्मेलन, गोष्ठीहरु पनि तत्काल बन्द गर्ने निर्णय गरेको छ । भौतिक उपस्थिति हुनै पर्ने कार्यक्रमका लागि जिल्ला प्रशासनबाट स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । ‘स्वीकृति दिनै पर्ने कार्यक्रमको हामीले स्वास्थ्य मापदण्ड पुरा भएको या नभएको बारेमा जानकारी लिन्छौ, अनि मात्रै निर्णय लिन्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>