Breaking News

चितवनका सबै स्थानीय तहहरुलाई आइसोलेसन सेन्टर बनाउन निर्देशन

Banner

चितवन, वैशाख १३–

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले चितवनका सबै स्थानीय तहहरुलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई राख्नका लागि आइसोलेसन सेन्टर बनाउन निर्देशन दिएको छ ।

डीसीसीएमसी चितवनको आज (सोमबार) बसेको बैठकले जिल्लामा संक्रमितको अवस्था दिनप्रतिदिन बढ्दो क्रममा रहेकाले तत्काल आइसोलेसन सेन्टर बनाउन निर्देशन दिने निर्णय गरेको छ । डीसीसीएमसीका संयोजक चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लामिछानेले नारायणी अनलाइनसंग कुरा गर्दै भने–‘डीसीसीएमसीका निर्णय लागू गर्न सबै स्थानीय तहहरुलाई निर्देशन दिएका छौं, जोखिमको अवस्थामा सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ ।’

चितवनमा भरतपुर महानगरपालिकासंगै, रत्ननगर नगरपालिका, खैरहनीनगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका गरी ६ वटा स्थानीय तहहरु रहेका छन् ।

चितवनमा अहिले सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ३४६, रत्ननगरमा २२, कालिकामा १०, खैरहनीमा ६, राप्तीमा ५ र माडीमा ३ जना संक्रमित संक्रमित रहेका छन् । इच्छाकामना गाउँपालिका भने अहिलेसम्म शून्य संक्रमित रहेको छ ।

यस्तै डीसीसीएमसीको बैठकले चितवनका अस्पतालहरुलाई क्षमता बढाउन, निजी अस्पतालहरुमा कोभिड बिरामीको उपचार गर्न, मनकामना केबलकार बन्द गर्ने, तेस्रोमुलुकबाट आउने कामदारहरुलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्न र त्यसको व्यवस्थापन स्थानीय तहलाई गर्न निर्देशन दिने निर्णय गरिएको प्रजिअ लामिछानेले नारायणी अनलाइनलाई जानकारी दिए ।

यस्तै बैठकले फुलफेजमा अक्सिजन उत्पादन गर्न, हाटबजार बन्द गर्ने, गोष्टी सेमिनार, भेला सबै बन्द गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>