Breaking News

चितवनमा शिक्षामन्त्री श्रेष्ठले भने: शिक्षण संस्था बन्द गर्नु रहर नभई बाध्यता हो

Banner

चितवन, वैशाख १३-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको मंगलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज चितवन आएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिए । उनले भने ‘आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।’

उनले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पारे । उनले भने, ‘विधि र प्रक्रिया पु¥याउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो ।’ तत्काल सरकार बन्दाबन्दीका पक्षमा नरहेको जनाउँदै उनले थपे, ‘बन्दाबन्दी गर्नुपर्छ भन्ने पक्षमा अहिले सरकार छैन । स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिँड्नुप¥यो ।’

परिस्थिति खतरा भयो भने बन्दाबन्दी पनि गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले भने, ‘सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ ।’ हामी सबै मिलेर समाधानको बाटातिर जानाको विकल्प नरहेको उनले बताए । निराश भएर नआत्तिन अनुरोध गर्दै उनले उच्च मनोबलका साथ व्यवस्थापन गर्दै जानुपर्छ भने ।  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>