Breaking News

५०० सय सक्रिय कोरोना संक्रमित पुगे ‘लकडाउन’, चितवनमा लकडाउनको संभावना बढ्यो

Banner

चितवन, वैशाख १२–

पाँच सय जना सक्रिय कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको ठाउँमा लकडाउन गर्ने गरी सरकारले तयारी थालेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्न सिफारिस गरेको छ । सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।

यस निर्णयसंगै चितवनमा पनि लकडाउन हुने संभावना बढ्दै गइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबार दिउँसोसम्ममा सक्रिय संक्रमितको संख्या ३२४ रहेको छ । जिल्लामा हालसम्म संक्रमितको संख्या ७ हजार २७५ पुगेको छ भने ११६ जनाको मृत्यु भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा लकडाउन गर्ने या नगर्ने, कोभिडलाई नियन्त्रण गर्ने बारेमा भोलि (सोमबार) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठक बस्न लागेको जानकारी दिए । उनले सो बैठकबाट कस्तो कदम चाल्ने भन्ने बारेमा ठोस निर्णय गरिने बताए ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>