Breaking News

चितवनका दुईसहित २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Banner

चितवन, वैशाख १२-

पछिल्लो २४ घण्टामा चितवनका दुईसहति नेपालमा थप तीन हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । चितवनमा भने आज दुई जनामा मात्र संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । हिजो शनिबार भएकोले परीक्षण नभएकोले पनि आज कम आएको कार्यालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा तीन हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा एक हजार १३२ गरी एक हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>