Breaking News

नेपाल सुपर लिगः काठमाडौँ रेजर्सको विजयी सुरुवात

Banner

काठमाडौँ, वैशाख ११–

काठमाडौँमा आज (शनिबार)देखि नेपालकै पहिलो फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटनमा खेलमा आज काठमाडौँ रेजर्स फुटबल क्लव र ललितपुर सिटी फुटबल क्लवबीच प्रतिस्पर्धा भएको छ ।

रोमाञ्चक उद्घाटन खेलमा काठमाडौँले विजयी सुरुवात गरेको छ । काठमाडौँले प्रतिस्पर्धात्मक खेलमा ललितपुरलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको ६६ औं मिनेटमा विदेशी खेलाडी मेसुकेले रिवाउण्डमा गोल गर्दै काठमाडौँलाई अग्रता दिलाए । खेलमा थप गोल हुन नसक्दा काठमाडौंले प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो ।

खेलको सुरुवातमा काठमाडौँमाथि ललितपुर हाबी भएको थियो । थुप्रै मौका पाए पनि गोल गर्न चुक्दा ललितपुर पुराजित हुन पुगेको हो । खेलको अन्तिम समयमा पनि ललितपुर थुप्रै मौका पाएको थियो । तर गोल हुन सकेन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>