देश/प्रदेश

कोरोनाका कारण ४० वर्षीय पुरुषको मृत्यु

Banner

महेन्द्रनगर, वैशाख ११–

कोरोना भाइरस सङ्क्रमणका कारण भीमदत्त नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना भएका भीमदत्त नगरपालिका–१८ भगतपुरका ४० वर्षीय पुरुषको शनिबार मृत्यु भएको अस्पताल कोभिड–१९ का सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनुभयो । तीन दिनअघि भारतबाट घर फर्किएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

“तीन दिनअघि एन्टिजेन पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि यहाँ भर्ना गरिएको थियो”, डा रोकायाले भन्नुभयो, “मृतकको शव व्यवस्थापनका लागि सेनाको टोली आउँदैछ ।” अस्पतालका अनुसार मृतकका श्रीमतीमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या यहाँ वृद्धि हुँदै गएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना लक्षणसहितका बिरामी बढ्न थालेपछि यहाँ आइसीयू शय्या बढाइएको छ । “पहिले छ शय्याको आइसीयू थियो, अहिले चौध शय्या पु¥याइएको छ”, उहाँले भन्नुभयो, “अन्य व्यवस्थापनको काम पनि हुँदैछ ।”

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

दाङमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–१० का ४२ वर्षीया महिलाको मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना स्रोत व्यक्ति विमल केसीले जानकारी दिनुभयो ।

शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>