Breaking News
चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट नवलपुरका एक पुरुषको मृत्यु
०

चितवन, वैशाख ११-
चितवन मेडिकल कलेज भरतपुरमा आज कोरोना संक्रमणका कारणले नवलपुरका एक पुरुषको मृत्यु भएको छ ।
मेडिकल कलेजले आज प्रेषित गरेको विज्ञप्ति अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका नवलपुरको मध्यबिन्दु ८ नम्बर वडाका ४२ वर्षीय एक पुरुषको आज कोरोनाको कारणले निधन भएको हो ।
विज्ञप्तिमा गत वैशाख ९ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्यामा भई उपचारको लागि मेडिकल कलेज भर्ना भएका ती पुरुषलाई वैशाख १० गते कोरोना पुष्टि भएको जनाइएको छ । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले अथक प्रयास गर्दा पनि निज कोरोना संक्रमित बिरामीलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























