खैरहनी

गोधूली सहकारीको दोस्रो सदस्य सेवा केन्द्र खैरहनीमा

Banner

चितवन, वैशाख १०–

गोधूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो सदस्य सेवा केन्द्र पूर्वी चितवनको खैरहनीमा संचालनमा आएको छ । खैरहनी सेवा केन्द्रको आज (शुक्रबार) एक कार्यक्रमकाबीच खैरहनी–८ का वडाध्यक्ष टेकबहादुर थापाले समुद्घाटन गरे ।

सेवाग्राहीहरुको मागलाई ध्यानमा राखेर सहकारीले दोस्रो सदस्य सेवा केन्द्र संचालनमा ल्याईएको हो । समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष थापाले सेवा केन्द्रले खैरहनीका सेवाग्राहीलाई सेवा लिन अझै सहज हुने बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिका–१६ का वडाध्यक्ष हेमराज थापा, उद्योग वाणिज्य संघ खैरहनीका उपाध्यक्ष कुमार खनाल, साथी साकोसका पूर्वअध्यक्ष डिल्लीराम अधिकारी, इन्टरनेशनल इङलिस मोडेल स्कुल खैरहनीका प्राचार्य धनविर चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नयाँ सदस्य सेवा केन्द्र संचालनमा आएसंगै खैरहनीमा शुक्रबार मात्रै २५० जना सदस्य थप भएको सेवा केन्द्रका प्रमुख दिनेश चौधरीले जानकारी दिए । उनले सेवा केन्द्र स्थापनासंगै सेवाग्राहीमा खुशी छाएको बताए ।

वि.सं.२०६७ सालमा स्थापना भएको गोधूली सहकारीको मुख्य कार्यालय नारायणगढस्थित शहिद चोकमा रहेको छ । यस सहकारीको शेयर पूँजी पाँच करोड र कुल पूँजी ५० करोड रहेको छ ।

सहकारीका प्रवन्ध निर्देशक शरद कुमार चौधरीले सदस्यहरुको मागलाई ध्यानमा राखेर चितवन जिल्लाभर नै सदस्य सेवा केन्द्र विस्तार गर्दै लैजाने बताए । उनले सदस्यहरुको मागलाई नै मध्यनजर गर्दै शुक्रबारदेखि नै डिजिटल सेवा सुरु गरिएको बताए । सुरुवाती चरणमा मोबाइल बैंकिङ सेवा सुरु गरिएको भन्दै आगामि दिनमा अझै परिस्कृत रुपमा एटिएम कार्ड, क्वीआर कोर्डलगायतका सेवाहरु उपलब्ध गराइने बताए ।

सेवा केन्द्र समुद्घाटन समारोह सहकारी अध्यक्ष मधु कुवँरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस्तै सेवा केन्द्र उद्घाटन समारोहमा सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम समेत गरिएको छ । स्वास्थ्य उपसमितिका संयोजक लक्ष्मीलाल श्रेष्ठका अनुसार ५० जना भन्दा बढीले रक्तदान गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>