Breaking News

चितवनमा २४ घण्टामा थपिए ४६ जना कोरोना संक्रमित, रत्ननगरका एक संक्रमितको मृत्यु

Banner

काठमाडौं, वैशाख १०–

पछिल्ला दिनमा चितवनमा समेत कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलदै गइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिका भित्र ४३ जना, रत्ननगर नगरपालिका भित्र २ र राप्ती नगरपालिका भित्र थप एक जनामा संक्रमण पुष्टि भएको छ । यससंगै चितवनमा सक्रिय संक्रमितको संख्या २७७ पुगेको छ । चितवनमा हालसम्म संक्रमितको संख्या ७ हजार २२७ रहेका छन् । जसमध्ये ६ हजार ८३५ जना निको भएका छन् ।

थप एकको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा रत्ननगर नगरपालिकाका एक जनाको मृत्यु भएको हो ।

यससंगै मृत्यु हुनेको संख्या ११५ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ७३, रत्ननगर नगरपालिकाका १४, खैरहनी नगरपालिकाका ९, राप्ती नगरपालिकाका ९, कालिका नगरपालिकाका ८, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका एक/एक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>