Breaking News

कोरोनाबाट जोगिन सरकारी आदेश पालन गर्न चितवन प्रशासनको आग्रह (आदेशसहित)

Banner

चितवन, वैशाख ९–

जिल्ला प्रशासन कार्यालय चितवनले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैमा अनुरोध गरेको छ । विहीबार एक सूचना जारी गर्दै चितवन प्रशासनले १३ बुँदे निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

प्रशासनले भरतपुर महानगर बाहेकका स्थानीय तह अन्तरगतका विद्यालयहरुलाई एसइई बाहेकका सबै परीक्षाहरु वैशाख मसान्तभित्र सक्न निर्देशन दिएको छ । भरतपुर महानगरभित्रका विद्यालय तथा कलेजहरु सरकारले निर्णय गरेदेखि नै बन्द छन् ।

त्यस्तै सभा, सम्मेलन, गोष्ठी, समीक्षा बैठक, तालिम जस्ता क्रियाकलाप संचालन गर्दा भर्चुअल माध्यमबाट गर्न आग्रह गरेको छ भने भौतिक उपस्थिति अनिवार्य भएमा २५ जना भन्दा बढी उपस्थित नहुने गरी गर्न आग्रह गरेको छ । पसल तथा सार्वजनिक स्थानमा स्यानिटाइजर र मास्क अनिवार्य मास्क प्रयोग गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय वा पसलमा प्रवेश नगर्न नदिन प्रशासनको आग्रह छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>