Breaking News

कोरोनाबाट बच्न सावधानी अपनाउँदै विक्रम बाबाको दर्शन (फोटो फिचर)

Banner

चितवन, वैशाख ७–

कोरोना भाइरसबाट बच्न सावधानी अपनाउँदै भक्तालुहरु विक्रम बाबाको दर्शन गर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विक्रम बाबालाई दर्शन गर्न विभिन्न ठाउँबाट भक्तालुहरु पुगेका छन् ।

परापूर्वकालदेखि थारु समुदायले पूजा गर्दै आइरहेको विक्रम बाबा देवतालाई यसवर्ष पनि पूजाआजा गर्न भक्तालुहरु उपस्थित भएका छन् ।
विगतमा ठूलो मेला लाग्ने गरेपनि यसपटक कोरोना भाइरसका कारण निकुञ्जले मेलामा रोक लगाएको छ । निकुञ्जले धेरै भिडभाड नहुने गरी भक्तालुहरुलाई निकुञ्ज भित्र प्रवेश गर्न दिएको छ ।

चैते दशैको अवसरमा अष्टमी र नवमीमा विशेषगरी विक्रम बाबाको पूजा गर्ने गरिन्छ । थारु समुदायले परापूर्वकालदेखि सन्तान प्राप्त होस् भनि विक्रमबाबाको भाकल गर्दै आइरहेका छन् । सन्तान प्राप्त भएपछि पशुबली दिइन्छ । पछिल्लो समय थारु समुदायका अलवा अन्य समुदायको पनि विक्रमबाबा प्रति आस्था बढेको छ ।

किंवदन्तीका अनुसार विक्रम नाम गरेको थारु गुरौंको बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पुरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ती, मनोकामना पुरा हुने परम्परागत विश्वास गरिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>