Breaking News

चितवनमा तिव्र रुपमा फैलियो कोरोना संक्रमण, एकैदिन ४० जनामा संक्रमण पुष्टि

Banner

चितवन, वैशाख ६–

चितवनमा दिनप्रति दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । झण्डै शून्य संक्रमितको अवस्थामा पुगेको चितवनमा अहिले फेरि कोरोना ग्राफ उकालो लागेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले सोमबार दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार एकैदिन ४० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३४ जना भरतपुर महानगरपालिकाका, ३ जना रत्ननगर नगरपालिकाका, २ जना कालिका नगरपालिकाका र एक जना माडी नगरपालिकाका रहेका छन् ।

योसंगै चितवनमा सक्रिय संक्रमितको संख्या १६७ पुगेको छ । सबैभन्दा बढी संक्रमितको संख्या भरतपुर महानगरपालिकामा १४९ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकामा ९ जना, कालिका नगरपालिकामा ३, खैरहनी, माडी र राप्ती नगरपालिकामा २÷२ जना सक्रिय संक्रमित छन् । एक मात्र गाउँपालिका इच्छाकामनामा अहिले शून्य संक्रमित छन् ।

संक्रमितहरु मध्ये १३१ जना होम आइसोलेसनमा छन् भने ३६ जना अस्पताल भर्ना भएका छन् । हालसम्म चितवनमा संक्रमितको संख्या ७ हजार ९९ पुगेको छ । जसमध्ये ११४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले पछिल्लो समय चितवनमा संक्रमणदर उच्च रहेको बताए । उनले सावधानी नअपनाए चितवन अर्को हटस्पट बन्ने खतरा रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>